काठमाडौं । ललितपुरमा ८३ वर्षीय वृद्ध पुरुषको हत्या भएको छ । मृतकको शव बोरामा राखेको अवस्थामा नजिकैको इनारमा फेला परेको छ ।



प्रहरीका अनुसार इलाम घर भएका ती वृद्ध केही दिनअघि हराइरहेको रिपोर्ट परेका थियो । खोजीकार्यको क्रममा सोमबार किस्ट अस्पताल नजिकै शव फेला परेको हो । शवको अवस्था हेर्दा हत्या भएको पुष्टि गरिएको छ ।
मृतकका परिवार ललितपुर महानगरपालिका वडा नं. १७ मा बस्दै आएका थिए । प्रहरीले घटनाको कारण र संलग्न व्यक्तिको पहिचानका लागि अनुसन्धान अघि बढाएको छ ।



