काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले नयाँ निर्वाचन समिति गठन गरेको छ । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रबाट डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए) का अध्यक्ष सीताराम केसीको संयोजकत्वमा निर्वाचन समिति बनाइएको हो । यसअघि गठन गरिएको निर्वाचन समिति भंग गर्दै नयाँ समिति घोषणा गरिएको हो । यसअघि पार्टीले खम्बबहादुर खातीको नेतृत्वमा निर्वाचन समिति गठन गरेको थियो ।

नयाँ निर्वाचन समितिमा अशोक पोखरेल, गोकर्ण बञ्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेका छन् । भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र जारी रहँदा अब बाँकी प्रक्रिया अघि बढाइने नेताहरूले बताएका छन्। नयाँ समितिले निर्वाचनसम्बन्धी प्रक्रिया सञ्चालन गर्ने जनाइएको छ । यसैबीच संस्थापन पक्षसँग संवाद र वार्ता पनि जारी रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय