काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति पदमा चयन भएका छन् । पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेपछि आह्वान गरिएको विशेष महाधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको हो ।

उपसभापति पदमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् । नेतृत्व चयनसँगै लामो समयदेखि पार्टीभित्र चलिरहेको आन्तरिक असन्तुष्टि र नेतृत्व विवाद औपचारिक रूपमा टुंगिएको कांग्रेस नेताहरूको भनाइ छ ।
विशेष महाधिवेशनले संगठनात्मक पुनर्संरचना र राजनीतिक दिशानिर्देशनको स्पष्ट सन्देश दिएको भन्दै कांग्रेसले यसलाई पार्टी एकताको नयाँ अध्यायका रूपमा व्याख्या गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय