काभ्रपलाञ्चोक । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रपलाञ्चोक जिल्लाका दुई निर्वाचन क्षेत्रमा गरी ४२ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा १८ जना र निर्वाचन क्षेत्र नम्बर २ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा १५ वटा राजनीतिक दल र तीन जना स्वतन्त्र उम्मेदवार रहेका छन् भने निर्वाचन क्षेत्र नम्बर २ मा १६ वटा राजनीतिक दल र आठ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ ।

निर्वाचन क्षेत्र नम्बर २

काभ्रे क्षेत्र नं २ मा नेपाली कांग्रेसका मधु प्रसाद आचार्य, नेकपा एमालेका अशोककुमार ब्यञ्जु श्रेष्ठ, नेकपा (नेकपा)का बसुन्धरा हुमागाई, राष्ट्रिय स्वतन्त्र पार्टीका बदन भण्डारी, उज्यालो नेपाल पार्टीकी ज्योत्सना सैंजु, राष्ट्रिय प्रजातन्त्र पार्टीका रञ्जीव श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेशनका उमेश तामाङ, नेकपा माओवादीका कान्छा राम घिसिङ, श्रम संस्कृति पार्टीका टंकबहादुर लामा, नेपाल मजदुर किसान पार्टीकी मुना तामाङ, जनता समाजवादी पार्टीका रकम लामा तामाङ, प्रगतिशील लोकतान्त्रिक पार्टीका रमेशबहादुर घर्ती क्षेत्री, नेकपा (संयुक्त)का राजन थापा, नेशनल रिपब्लिक नेपालका सुकमान तामाङ, राष्ट्रिय जनमोर्चाका सुवर्ण विक्रम थापा तथा मितेरी पार्टी नेपालका हरि बहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस क्षेत्रबाट आशा तामाङ, उमेश थापा, केशवराज तिमल्सिना, गणेशप्रसाद अधिकारी, डिल्लीप्रसाद न्यौपाने, विष्णुकुमार श्रेष्ठ, सिताराम मैनालीलगायत आठ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै, जेन्जीका माग पूरा नभएसम्म निर्वाचन नगर्न माग गर्दै आएका बनेपा–१२ का लेनिन बिष्टले पनि काभ्रे–२ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनी जेन्जी अभियन्ता मिराज ढुंगाना, विकेश शाह, सौरभ बिष्ट, कृष्ण थापा र प्रभात शाहसहित उम्मेदवारी दर्ताका लागि धुलिखेल पुगेका थिए ।

निर्वाचन क्षेत्र नम्बर १

काभ्रे निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका गुणराज मोक्तान, नेकपा एमालेका अमित लामा, नेपाली कम्युनिष्ट पार्टीका दिननाथ गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीका मधुकुमार चौलागाई, उज्यालो नेपाल पार्टीका योगेन्द्र लामा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नवराज सत्यालले उम्मेदवारी दर्ता गराएका छन् ।यसैगरी नेपाल मजदुर किसान पार्टीबाट राजु तामाङ, नेशनल रिपब्लिक नेपालबाट भरत तामाङ, मंगोल नेशनल अर्गनाइजेशनबाट कमलबहादुर लामा, जनता समाजवादी पार्टी नेपालबाट मानबहादुर तामाङ, श्रम संस्कृति पार्टीबाट धिराज लामा, नेकपा माओवादी (विप्लव समूह)बाट कान्छा तामाङको उम्मेदवारी परेको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट ज्ञानेन्द्रकुमार श्रेष्ठ तथा संयुक्त नागरिक पार्टीबाट रत्न लामा उम्मेदवार बनेका छन् ।

यस निर्वाचन क्षेत्रबाट समावेशी समाजवादी पार्टीकी पारलिंगी महिला विनोद लामाले पनि मनोनयन दर्ता गराएकी छन् । क्षेत्र नम्बर १ मा कुल १८ उम्मेदवारमध्ये राजेशकुमार श्रेष्ठ, युवराज चौलागाई र जीवन लामाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।निर्वाचन आयोगको कार्यतालिकाअनुसार अब उम्मेदवारी जाँच, दाबी–विरोध, नाम फिर्ता र अन्तिम नामावली प्रकाशनको प्रक्रिया अघि बढ्नेछ । काभ्रपलाञ्चोकमा यसपटकको प्रतिनिधिसभा निर्वाचनलाई बहुदलीय प्रतिस्पर्धा र स्वतन्त्र उम्मेदवारको उल्लेख्य उपस्थितिका कारण चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय