काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले ५९ जिल्लाका १२० निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ । नेमकिपाले बागमती प्रदेशका १३ जिल्लामध्ये रसुवा बाहेक १२ जिल्लामा उम्मेदवारी दिएको छ । १२ जिल्लाको ३२ निर्वाचन क्षेत्रमा २० महिला र १२ पुरुषलाई उम्मेदवार बनाएको छ ।
कर्णाली प्रदेशमा सात जिल्लाको ९ निर्वाचन क्षेत्रमा १ महिलासहित ९ जनालाई उम्मेदवार बनाएको छ ।
त्यसैगरी कोशी प्रदेशको १२ जिल्लामा ८ महिला र १३ पुरुष, मधेश प्रदेशका ८ जिल्लामा ६ महिला र १६ पुरुषलाई उम्मेदवार बनाएको छ । लुम्बिनी प्रदेशको १२ जिल्लामध्ये ७ जिल्लामा उम्मेदवारी दिएको नेमकिपाले ८ महिला र ६ पुरुषलाई उम्मेदवार बनाएको छ ।
गण्डकी प्रदेशमा ११ मध्ये ५ जिल्लामा ६ महिला र २ पुरुष तथा सुदुरपश्चिम प्रदेशमा बाजुराबाहेक ८ जिल्लामा ५ महिला र ९ पुरुषलाई उम्मेदवार बनाएको छ ।
नेमकिपाले ५९ जिल्लामा १२० जनालाई उम्मेदवार बनाएको छ भने जसमा ६७ पुरुष र ५३ महिला रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय