काठमाडौं । अमेरिकाले थप ८० जना नेपाली नागरिकलाई स्वदेश फिर्ता गरेको छ । मंगलबार अपराह्न करिब ५ः३० बजे उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आईपुगेका हुन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी कृष्ण पंगेनीका अनुसार फर्काइएकामध्ये एक जना महिला समेत रहेकी छन् । स्वदेश फर्किएसँगै प्रहरी टोलीले उनीहरूसँग सम्बन्धित घटनाको अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानमा अधिकांश नेपाली नागरिक अवैध वा तल्लो मार्ग प्रयोग गरेर अमेरिका पुगेको पाइएको छ । एक जना भने अध्ययन भिसामा अमेरिका गएको खुलेको छ । बाँकी व्यक्तिहरूले अमेरिका पुग्न दलाललाई करोड रुपैयाँभन्दा बढी रकम बुझाएको प्रारम्भिक बयान दिएका छन् ।

केहीले त एक करोड ४० लाख रुपैयाँसम्म खर्च भएको दाबी गरेका छन् । घटनासँग सम्बन्धित बैंकिङ तथा टेलिकम विवरणसमेत प्रहरीले संकलन गरिरहेको जनाएको छ । पछिल्ला सात वर्षको अवधिमा अमेरिकाबाट ७ सयभन्दा बढी नेपाली नागरिक डिपोर्ट भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय