काठमाडौं । पूर्वमन्त्री तथा बागमती प्रदेशसभा सदस्य रमा आलेमगरको कलेजो प्रत्यारोपण शल्यक्रिया सफल भएपछि स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार देखिएको छ। भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा सम्पन्न प्रत्यारोपणपछि उनी चिकित्सकहरूको कडा निगरानीमा राखिएकी छन्।

अस्पताल स्रोतका अनुसार शल्यक्रियापछि गरिएको प्रारम्भिक परीक्षण रिपोर्टहरू सकारात्मक आएका छन्। उनको शरीरले नयाँ कलेजोलाई स्वीकार गरिरहेको संकेत देखिएको र हाल कुनै जटिलता नदेखिएको चिकित्सकहरूले बताएका छन्। केही दिन थप निगरानीपछि उनलाई अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भइरहेको छ।

यसअघि करिब डेढ महिना अघि कलेजोको अवरुद्ध नसा सक्रिय बनाउने उपचार गरिएको थियो। सुरुमा पेटसम्बन्धी समस्याले उपचार सुरु गरिएकी आलेमगरमा पछि कलेजोमा गम्भीर समस्या देखिएपछि प्रत्यारोपण अपरिहार्य बनेको थियो।

पारिवारिक सदस्यहरूका अनुसार उनको स्वास्थ्यमा दिनप्रतिदिन सुधार भइरहेको छ। स्वास्थ्य लाभसँगै उनी छिट्टै सामान्य जीवनतर्फ फर्किने आशा गरिएको छ। चिकित्सकहरूले नियमित परीक्षण, औषधि सेवन र आराममा ध्यान दिन सुझाव दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय