काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ तीन वटा चुनाव चिन्हमा मतदान हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसको रुख, नेपाली कम्युनिष्ट पार्टीको रातो तारा र मङ्गोल नेशनल अर्गनाइजेसनको भाले चिन्ह मतपत्रमा रहने छन् ।

प्रारम्भमा पाँच राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । तर नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली कांग्रेसलाई समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिएपछि अन्ततः तीन दलबीच मात्रै प्रतिस्पर्धा हुने भएको हो ।

निर्वाचनमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ, नेपाली कम्युनिष्ट पाटीकी यशोदा सुवेदी गुरुङ र मङ्गोल नेशनल अर्गनाइजेसनका रामबहादुर गुरुङ ‘नवीन’ चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

एउटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मनाङमा कूल सात हजार मतदाता रहेका छन् । देशकै सबैभन्दा कम मतदाता भएको यस जिल्लामा एक अस्थायी मतदान केन्द्रसहित २९ वटा मतदान केन्द्र तोकिएको छ । निर्वाचन सम्पन्न गर्न १७१ जना कर्मचारी परिचालन गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय