काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन् । गत माघ ५ गते जनकपुरमा आयोजित सभाका क्रममा खुट्टामा लागेको चोटबाट संक्रमण देखिएपछि उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।

लामिछानेको सचिवालयका अनुसार सुरुमा सामान्य देखिएको चोट बढ्दै छालाको भित्री तहमा संक्रमण फैलिएको छ । चिकित्सकको सल्लाहअनुसार केही दिन अस्पतालमै राखेर उपचार गरिने जनाइएको छ । संक्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र उनी नियमित राजनीतिक तथा सांगठनिक गतिविधिमा फर्किने सचिवालयले जनाएको छ ।

यसैबीच, अन्य बिरामीको उपचारमा असर नपरोस् भन्दै अस्पतालमा भेटघाट नगर्न लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय