नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका छन्। रुघा, खोकी र ज्वरो देखिएपछि उनी बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका थिए। प्रारम्भिक परीक्षणपछि क्याबिन उपलब्ध नभएकाले उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ।

स्रोतका अनुसार नेता नेपाललाई रुघा, खोकी र ज्वरोसँगै सास फेर्न कठिनाइ हुने (घ्यार–घ्यार) समस्या देखिएको छ। यद्यपि, उनको उपचार टिचिङ अस्पतालकै छातीरोग विशेषज्ञ चिकित्सकहरूको टोलीले गरिरहेको छ। ‘टिचिङ अस्पतालमा क्याबिन नपाएकाले मनमोहनमा राखेर उपचार गरिएको हो। स्वास्थ्य अवस्था चिकित्सकको निगरानीमै छ,’ अस्पताल स्रोतले जानकारी दिएको छ।बिहीबार बिहान नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री ८८पुष्पकमल दाहाल ‘प्रचण्ड’८८सहित अन्य नेताहरू अस्पताल पुगेका थिए।

यसैबीच, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको भीआईपी क्याबिन नम्बर ६०१ मा ८८राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)८८का सभापति रवि लामिछाने पनि उपचाररत रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय