काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले नेपालमा पछिल्ला ८५ वर्षको राजनीतिक इतिहासमा पटक–पटक व्यवस्था परिवर्तन भए पनि सत्ताको चरित्र भने परिवर्तन हुन नसकेको टिप्पणी गरेका छन् ।



शुक्रबार दिवसको अवसरमा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै साहले नेपाली जनताले पटक–पटक बलिदान दिनुपरेको भए पनि सहिदहरूले देखेको सपना अझै पूरा हुन नसकेको बताएका हुन् । नेता शाहले राजनीतिक परिवर्तनका हरेक चरणमा जनताले ठूलो मूल्य चुकाउनुपरेको स्मरण गर्दै व्यवस्था परिवर्तनको नाममा केवल सत्ता हस्तान्तरण मात्र हुँदै आएको उल्लेख गरेका छन् । “व्यवस्था फेरियो, संविधान फेरियो, तर सत्ता चलाउने सोच, शैली र चरित्र भने उही रहिरह्यो,” उनले भने ।
जनताको नाममा गरिएका आन्दोलन, क्रान्ति र परिवर्तनपछि पनि शासन प्रणाली जनमुखी बन्न नसक्दा जनताको अपेक्षा बारम्बार निराशामा परिणत हुँदै आएको बताउँदै साहले दिवसलाई केवल औपचारिक कार्यक्रम र माल्यार्पणमा सीमित नगरी आत्मसमीक्षा गर्ने दिनका रूपमा लिनुपर्ने धारणा राखे । जब शासन पारदर्शी, उत्तरदायी र इमानदार बन्छ ।” अनिमात्र सहिदहरुले देखेको सपना पूरा हुने साहको भनाइ छ ।
उनले देशको राजनीतिक संस्कृतिमा आमूल परिवर्तन आवश्यक रहेको बताउँदै सत्ता केन्द्रित राजनीति अन्त्य गरी जनताकेन्द्रित शासन प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिए । साथै, युवाहरूले अब पुरानै प्रवृत्तिलाई स्वीकार नगर्ने स्पष्ट सन्देश दिएको उनको भनाइ छ । सहिदहरूको सपना साकार पार्न राजनीतिक दल, नेतृत्व र राज्य संरचनाले आत्मपरिवर्तन गर्नैपर्ने अवस्था आएको छ । “अब पनि सत्ताको चरित्र नफेरिए सहिदप्रति न्याय नहुने उनको तर्क छ ।



