काठमाडौं । काठमाडौं क्षेत्र नम्बर–१० अन्तर्गत दक्षिणकाली क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार विनोद श्रेष्ठले चुनावी अभियानलाई तीव्र बनाएका छन् । उम्मेदवार श्रेष्ठले आफ्नो राजनीतिक यात्रा, प्रतिबद्धता र आगामी कार्यदिशाबारे स्पष्ट धारणा राख्दै जनताको विश्वास र समर्थन नै चुनावी जितको आधार हुने बताउनु भयो । उहाँले विकास, सुशासन र स्थायित्वलाई प्राथमिकतामा राखेर दक्षिणकालीसहित काठमाडौं क्षेत्र नम्बर–१० का नागरिकले भोग्दै आएका आधारभूत समस्या समाधानका लागि आफुले स्पष्ट योजना बनाएको र त्यसलाई पुरा गर्न आफु दृढ इच्छाशक्ति बोकेर जनतामाझ आएको दाबी गर्नुभयो ।
कार्यक्रममा सहभागी कार्यकर्ताहरूले आगामी निर्वाचनमा नेकपा (एमाले) ले दक्षिणकाली क्षेत्रबाट आफ्ना उम्मेदवारलाई अन्य पार्टीको भन्दा बढी मत दिएर पठाउने दाबी गरेका छन् । कार्यकर्ताहरुले आफ्नो पार्टीप्रति जनआधार मजबुत बन्दै गएको र स्थानीयस्तरमा उम्मेदवार श्रेष्ठप्रति सकारात्मक माहोल बनेको पनि जानकारी गराएका छन् ।



श्रेष्ठले स्थानीय कार्यकर्ता, टोल प्रतिनिधि तथा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गर्नुको साथै दक्षिणकालीमा देखिएको उत्साह र सहभागिताले आगामी निर्वाचनमा एमालेको उपस्थिति थप सबल हुने संकेत देखिएको छ ।



