काठमाडौं । धर्तीको पहिलो तीर्थस्थलका रूपमा मानिने धार्मिक तथा ऐतिहासिक महत्व बोकेको वराहक्षेत्र धाममा १ सय करोड दीप प्रज्ज्वलन कार्यक्रम आजबाट सुरु भएको छ । इग्च्ल्भ्ध्क्ख्च्भ्ध् को सहकार्यमा धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक चेतनाको प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको यो कार्यक्रमलाई ऐतिहासिक मानिएको छ ।

२५ गतेसम्म श्रीमद् भागवत महायज्ञ लगाई १ सय करोड दीप प्रज्ज्वलन गर्न लागिएको नेपाल आमा स्वस्ति शान्ति पूजा अभियानका संयोजक हरि महतले जानकारी दिनुभएको छ । महायज्ञमा कथा बाचन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रमुख कथा बाचनमा ख्याती प्राप्त पण्डित दिनवन्धु पोखरेलले गर्नुहुनेछ ।

आयोजकका अनुसार कार्यक्रमको मूल उद्देश्य राष्ट्रको शान्ति, समृद्धि, मानव कल्याण तथा धर्म–संस्कृतिको संरक्षण गर्नु हो । कोसी नदीको किनारमा अवस्थित वराहक्षेत्र धामलाई दीपको उज्यालोले सजाउँदै विश्व शान्तिको कामना गरिएको छ ।

धार्मिक मान्यताअनुसार भगवान विष्णुको वराह अवतारसँग सम्बन्धित वराहक्षेत्रलाई पौराणिक कालदेखि नै धर्तीको पहिलो तीर्थस्थलका रूपमा लिइँदै आएको छ । यही ऐतिहासिक पृष्ठभूमिलाई उजागर गर्दै लाखौँ भक्तजनको सहभागितामा दीपदान कार्यक्रम सञ्चालन गरिएको हो ।

महायज्ञ अवधिभर देश–विदेशबाट आएका कथा वाचकहरूद्वारा भागवत कथा वाचन, वैदिक पूजा, हवन तथा विविध धार्मिक अनुष्ठान हुनेछन् । दीप प्रज्ज्वलनमा दैनिक हजारौँ श्रद्धालु सहभागी हुने अपेक्षा गरिएको छ ।
कार्यक्रमले धार्मिक पर्यटन प्रवद्र्धन मा समेत महत्वपूर्ण योगदान पु्र्याउने विश्वास लिइएको छ ।

विश्वमै पहिलो पटक १ अर्ब बत्ति नेपालमै पहिलो पटक बाल्न लागिएको हो । दाबी गर्नुभयो । यो अभियानलाई गिनिज बुक अफ वल्र्ड रेर्कडमा नेपालको नाम दर्ज गराउन पहल समेत गर्ने अभियानका अभियन्ता महतले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय