काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जुम्ला जिल्ला उपसभापति तारा शाही पार्टी परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेकी छन् ।

रास्वपाले लिएको राजनीतिक दिशाप्रति असन्तुष्टि जनाउदै उनले सो पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् । रास्वपाको पछिल्लो गतिविधि र राजनीतिक दिशा नै अस्पष्ट रहेको भन्दै उनले अस्पष्ट राजनीतिक यात्रा गन्तब्य विहीन हुने भन्दै पुनः आफ्नै पुरानो घर फर्किएको बताइन् । उनी कांग्रेसमा फर्किएसँगै जुम्लाको चुनावी अंक गणितमा कांग्रेसलाई बल पुग्ने भएको छ । जुम्लाको चन्दननाथ नगरपालिका–५ निवासी शाही स्थानीय राजनीतिमा प्रभाव राख्ने ब्यक्तिका रुपमा चिनिन्छिन् । यसअघि वैकल्पिक राजनीतिको नारासहित रास्वपामा प्रवेश गरेकी उनको प्रभावकै कारण केही समयमै जिल्ला उपसभापति भएकी थिइन् ।

निष्ठाको राजनीति गर्ने शाही रास्वपाको दिशाहीन यात्रामा सँगै हुन नसक्ने निचोडसहित सो दल छाड्ने निष्कर्षमा पुगेकी हुन् । शाहीको कांग्रेस फिर्तीलाई रास्वपाभित्र जारी असन्तुष्टिको संकेतका रूपमा मात्र व्याख्या नगरेर अनुभव, संरचना र स्थानीय आधार भएका दलतर्फ नेताहरू फर्किन थालेको प्रवृत्तिका रुपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय