काठमाडौं । कीर्तिपुर नगरपालिका–६ स्थित ध्यउभभ ीबलम अगाडि विगत केही वर्षदेखि पार्किङ शुल्क उठाउने काममा गम्भीर अनियमितता भएको स्थानीयले आरोप लगाएका छन् । स्थानीय बासिन्दाहरूका अनुसार, वारी गणेश आमा समूह नाममा पार्किङ शुल्क उठाउने प्रक्रिया गैरकानुनी रूपमा संचालन हुँदै आएको छ । समूहका अध्यक्ष संगिता बोगटी, उपाध्यक्ष उमा केसी र सचिव शोभा बस्नेतले खारेजी भइसकेको चोभार विकास समाजको नाम दुरुपयोग गर्दै रसिद बनाएर अनियमित रकम उठाएको पाइएको छ ।



स्थानीयको भनाइ छ कि “समूहले उठाएको रकम लाखौँमा पुगेको छ र यसरी उठाइएको रकम सरकारी लेखापढीमा समावेश भएको छैन । हामीले यो विषयमा नगरपालिकामा जानकारी गराएका पनि थियौं, तर नगरपालिकाका जनप्रतिनिधि एउटै पार्टीका भएका कारण हालसम्म कुनै कारबाही भएको छैन ।”
विशेषज्ञहरूका अनुसार, यस्तो अनियमितता केवल आर्थिक हानी मात्र नभई, स्थानीय प्रशासनप्रति जनविश्वासमा पनि चोट पु¥याउँछ । उनीहरूले वारी गणेश आमा समूहले उठाएको रकम र चोभार विकास समाजको नाम दुरुपयोगको विषयमा तत्काल अनुसन्धान गरिनु आवश्यक भएको बताएका छन् ।
नगरपालिकाबाट हालसम्म यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । स्थानीयबासिन्दाहरूले सुधारात्मक कदम नचालिए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।



