काठमाडौं । दुई जिल्ला पाल्पा र स्याङ्जा जोड्ने राम्दी पुल निर्माणमा ढिलाइ भएको छ । तीन वर्षअघिदेखि सुरु भएको पुल निर्माणको काम गत २०८२ असार मसान्तभित्र सक्ने म्याद भएपनि म्यादभित्र काम हुन नसकेको हो । लुम्विनी र गण्डकी प्रदेश जोड्ने नयाँ पुल निर्माण कार्य अन्य अधिकांश विकासे कामजस्तै जीर्ण बनेको छ । तीन वर्षदेखि हिम सगरमाथा कन्ट्रक्सन कम्पनीले राम्दीमा पुल निर्माणको काम गरिरहेको छ ।

वि.स. २०७९ असार ३० गते २७ करोड ७१ लाख ९ हजार रुपियाँमा पुल निर्माण गर्न सम्झौता भएको थियो । सोही सम्झौँता अनुसार अगामी २०८२ असार २९ गतेभित्र पुल निर्माणको काम सक्ने म्याद भएपनि ठेकेदारका कारण योजना निर्माणमा ढिलाइ भएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

वि।स। २०२८ सालमा सिद्धार्थ राजमार्ग बनेका बेला निर्माण भएको ट्रस पुल जीर्ण भएपछि पुरानो पुलको पूर्वतर्फ ‘आर्च थ्रु’ डिजाइनमा पुल निर्माण थालिएको हो । नयाँ बनिरहेको मोटरेबल पुलका लम्बाइ १०८ मिटर र चौडाइ ११ मिटरको रहेको आयोजनाले जनाएको छ ।

पुरानो ट्रस पुलभन्दा नयाँ बनिरहेको पुल १५ मिटर लामो हुनेछ । ५० वर्षअघि बनेको ट्रस पुल जीर्ण हुँदा केही वर्षयता १५ टन क्षमताभन्दा बढी भार क्षमताका सवारीसाधन गुडाउन रोक लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय