काठमाडौं । काठमाडौंको बौद्धका रिन्जी लामाको घरबाट मंगलबार एक करोड चार लाख ५३ हजार रुपैयाँ बराबरका सुनका गहना चोरेर फरार भएका अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।

प्रहरीले गएराति नागार्जुन नगरपालिका–६ बाट बाँकेका प्रेम चौधरीलाई गोली हानेर पक्राउ गरेको हो । निजका साथबाट ६५ तोला सुनसमेत बरामद गरिएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले प्रहरीमाथि खुकुरी प्रहार गरेपछि बाध्य भएर चौधरीलाई गोली प्रहार गर्नुपरेको बताउनु भयो । अभियुक्तको खुट्टामा गोली लागेको छ ।

चौधरीको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । एक जना प्रहरी पनि घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय