काठमाडौं । नेपाल आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ । जितका लागि इङ्ल्यान्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रन मात्रै बनाउन सक्यो ।



नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए । कप्तान रोहित पौडेलले ३९ रन बनाए । ओपनर कुशल भुर्तेलले २९ रनको उत्कृष्ट पारि खेले भने अर्का ओपनर आशिफ शेखले ७ रन मात्रै बनाउन सके । आरिफ शेखले १० रनको योगदान दिए । लोकेश बमले ३९ रन बनाए भने गुल्सन झाले १ रन मात्रै बनाउन सके । करण केसीले १ रन थपे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ८४ रन बनायो ।
नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्शन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपाल र इंग्ल्यान्डबीचको यो पहिलो खेल हो ।




