काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र हुँदै गएसँगै जिल्लामा निर्वाचन आचारसंहिता विपरीत सरकारी सवारीसाधन प्रयोग गरिएको गुनासो बढेपछि सम्बन्धित निकायले अनुगमनलाई कडाइ गरेको छ ।
निर्वाचन आचारसंहिता, २०८२ लागू भइसकेको अवस्थामा सरकारी सवारीसाधन राजनीतिक गतिविधिमा प्रयोग भइरहेको सूचनापछि निगरानीलाई थप प्रभावकारी बनाइएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत मोहनचन्द्र जोशीले जानकारी दिनुभयो । उहाँले सरकारी सवारीको दुरुपयोग हुन नदिन निरन्तर अनुगमन भइरहेको उल्लेख गर्नुभयो ।



जोशीले जनप्रतिनिधि तथा सरकारी कर्मचारीलाई कार्यालयको नियमित कामकाज बाहेक राजनीतिक कार्यक्रम, जुलुस, सभा, प्रदर्शन तथा अन्य सार्वजनिक गतिविधिमा चारपाङ्ग्रे र दुईपाङ्ग्रे सरकारी सवारीसाधन प्रयोग नगर्न स्पष्ट आग्रह गर्नुभयो ।
आचारसंहिता उल्लंघनका गतिविधि माथि निरन्तर निगरानी जारी रहेको उहाँले बताउनु भयो ।




