काठमाडौं । सिरहाको मिर्चैयामा निषेधित क्रिकेट खेलाडी संघर्ष समितिले नेपाल क्रिकेट संघ (क्यान) को निर्णयविरुद्ध विरोध प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा क्यानका सचिव पारस खड्काको पुतला दहन समेत गरेका छन् ।

क्यानले लिएका निर्णयप्रति असन्तुष्टि जनाउँदै समितिले निषेधित खेलाडीहरूलाई न्याय दिनुपर्ने माग अघि सारेको छ । प्रदर्शनमा सहभागीहरूले निषेधित खेलाडीहरूमाथि लगाइएको प्रतिबन्ध तत्काल फुकुवा गर्नुपर्ने, क्रिकेट प्रशासनमा पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्ने माग गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले क्यानको निर्णयले खेलाडीहरूको भविष्य अन्धकारतर्फ धकेलिएको आरोप समेत लगाएका छन् । आन्दोलनमा सहभागीहरुले क्यानले निर्णय फिर्ता नलिए देशका ७७ वटै जिल्लामा आन्दोलन विस्तार गर्ने चेतावनी दिएका छन् ।

नेपाल स्ट्रिट प्रिमियर लिग (ल्क्एी) अन्तर्गत करिब तीन महिनाअघि काठमाडौंको मुलपानी खेल मैदानमा टेनिस बल प्रयोग गरी राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा सहभागी खेलाडीहरूलाई हाल राष्ट्रियस्तरका खेल तथा पीएम कपमा समेत सहभागी हुन नदिइएको भन्दै क्यानको निर्णयविरुद्ध आन्दोलनमा उत्रिएको म्चव भ्खभलत ७ क्उयचत का अध्यक्ष ज्ञानु सिंहले बताए । अध्यक्ष सिंहले भने, स्ट्रिटदेखि स्टेडियमसम्म खेल्न पाउने भनेर ल्क्एी खेलाइयो, तर अहिले आएर सोही खेलाडीहरूलाई खेल्न नदिने निर्णय गरियो । टेनिस बलले खेलेका खेलाडीलाई ड्युक्स बल प्रयोग हुने प्रतियोगितामा खेल्न नदिने निर्णयप्रति हामी आपत्ति जनाउँदै आन्दोलनमा उत्रिएका हौं । उनले क्यानले गरेको निर्णय यथाशीघ्र फिर्ता लिन माग गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय