काठमाडौं । गैंडाकोट–दाउन्ने खण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार रुपैयाँ तोकिएको छ भने दाउन्ने– वुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ रहेको छ । महत्त्वपूर्ण पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने यो खण्ड विस्तार र स्तरोन्नतिको काम लामो समयसम्म नसकिँदा यात्रुहरूले ठूलो सास्ती खेपिरहेका छन् । वर्षायाममा सडक हिलाम्मे र हिउँदमा धुलाम्मे हुने समस्या यथावत् छ। दैनिक हजारौँ सवारी साधन आवतजावत गर्ने यस मार्गमा धुलो र हिलोका कारण स्थानीय बासिन्दा तथा यात्रुहरू स्वास्थ्य र सुरक्षाको जोखिममा छन्।

हालको दुई लेन सडकलाई विस्तार गरी २९ किलोमिटर चार लेन, बजार क्षेत्रमा ७० किलोमिटर ६ लेन र दाउन्ने क्षेत्रमा १३ किलोमिटर तीन लेन बनाउने योजना छ । २०७५ चैत ८ गते सुरु भएको काम २०७९ साउन २२ भित्र सम्पन्न गर्ने लक्ष्य थियो । तर कोभिड महामारी, रुख कटान, विद्युत् पोल र खानेपानी पाइपलाइन सार्न ढिलाइ, स्थानीय अवरोध, मजदुर समस्या तथा ठेकेदार कम्पनीका कारण काम समयमै पूरा हुन सकेन ।

परियोजनाको म्याद २०८० साउन ११ सम्म पहिलो, २०८१ साउन ८ सम्म दोस्रो र २०८२ साउन ८ सम्म तेस्रोपटक थप गरिएको छ । तर अझै काम सम्पन्न हुने निश्चित समयबारे अन्योल कायम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय