काठमाडौं । अरनिको राजमार्गस्थित बनेपामा ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बनेपाको दूरसञ्चार नजिकै भएको दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको हो भने एक जना घाइते छन् ।
बागमती प्रदेश ०१–००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिएको थियो । दुर्घटनापछि सो क्षेत्र तनावग्रस्त बनेको छ । उक्त सडक खण्डमा सवारी आगमन अवरुद्ध भएको छ ।



घटनासँगै स्थानीय आन्दोलित भएका छन् । स्थानीयले ट्रिपरमा आगजनी गरेका छन् । मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयले प्रदर्शन गरिरहेका छन् । बनेपाको अवस्था तनाबग्रस्त बनेको छ ।
प्रदर्शनका कारण सवारी आवगमन अवरुद्ध भएको छ । प्रदर्शन नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।




