काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग पूर्व डीआईजी रमेश खरेल कांग्रेसको चुनावी कार्यक्रममा देखिएका छन् । खरेल काभ्रेपलाञ्चोक २ का नेपाली कांग्रेसका उम्मेदवार मधु आचार्यको पाँचखालमा भईरहेको चुनावी कार्यक्रममा सहभागि भएका हुन् ।
पाँचखाल ५ को केराघारीमा पुगेका खरेलले आफु कुनै पार्टीमा नलागे पनि रुपान्तरणसहित आएको कांग्रेसले देशको मुहार परिवर्तन गर्ने अपेक्षा सहित चुनावी कार्यक्रममा आएको बताए । आम चुनाव २०७९ मा काठमाडौं–१ मा चुनाव लडेका उनी बाराको उपचुनावमा रास्वपामा जोडिएका थिए । खरेल रास्वपाबाट बारा–२ मा उपचुनावमा जनता समाजवादी पार्टी जसपाका उपेन्द्र यादवसँग पराजित भएका थिए ।



चुनावपछि रास्वपाको कुनै भूमिकामा नरहेका खरेलले पछिल्लो समय पार्टी सभापति लामिछानेमाथि प्रश्न उठाउँदै आएका थिए ।



