पर्साको वीरगञ्ज महानगरपालिकामा कर्फ्यू जारी भएको छ। बिहान पौने १० बजेदेखि लागू हुने गरी महानगरका मुख्य क्षेत्रहरूमा कर्फ्यू जारी गरेको हो। पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा नेपाल(भारत सीमा नजिकैको शङ्कराचार्य गेटभित्रको सम्पूर्ण भूभागमा कर्फ्यू लगाइएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशमा अर्को सूचना नभएसम्मका लागि सर्वसाधारणको आवतजावत र भेला हुन पूर्ण प्रतिबन्ध लगाइएको छ।यो सिमाना भित्र कसैले पनि आवतजावत गर्न, कुनै पनि प्रकारको जुलुस निकाल्न, सभा-सम्मेलन गर्न, बैठक बस्न वा घेराउ जस्ता गतिविधि गर्न नपाइने विज्ञप्तिमा उल्लेख छ ।
कर्फ्यू आदेश जारी भए पनि मानवीय संवेदनशीलता र अत्यावश्यक सेवालाई भने प्रशासनले खुकुलो बनाएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशमा अर्को सूचना नभएसम्मका लागि सर्वसाधारणको आवतजावत र भेला हुन पूर्ण प्रतिबन्ध लगाइएको छ। आदेश उल्लंघन गर्नेलाई कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ । हिजो साँझ वीरगञ्ज महानगर वडा नम्बर ११ श्रीपुरमा गाडी पार्किङको विषयमा दुई समुदायबीच झडप हुँदा केही समयका लागि अवस्था तनावग्रस्त बनेको थियो। दुवै पक्ष झडपमा उत्रिए स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले लाठीचार्ज गरेर भिड तितरबितर पारेको थियो। आज बिहानैदेखि नारा जुलुस हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।






