आयोग नेपाल ले मतदानको निष्पक्षता, शान्ति सुरक्षा र सुव्यवस्था कायम राख्ने उद्देश्यले फागुन २० गते राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको पुष्टि गरेको छ। आयोगका अनुसार अत्यावश्यक सेवामा प्रयोग हुने सवारीसाधन, सुरक्षाकर्मीका सवारी तथा आयोगबाट आधिकारिक पास प्राप्त सवारी मात्र सञ्चालन गर्न पाइनेछ। एम्बुलेन्स, दमकल, शववाहन, खानेपानी, विद्युत् तथा दूरसञ्चार मर्मतका सवारीलाई भने अवरोध नहुने जनाएको छ।

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने वा निर्णयविपरीत सवारी सञ्चालन गरेमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने आयोगले चेतावनी दिएको छ।आयोगले सबै राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता तथा सर्वसाधारणलाई निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मर्यादित बनाउन सहयोग गर्न अपिल गरेको छ। साथै मतदातालाई समयमै मतदान केन्द्रमा पुगेर शान्तिपूर्ण रूपमा मतदान गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय