काठमाडौं । सिरहाको गोलबजार नगरपालिका–२ गुरुधाममा ट्रिपर सफा गरी पानी ओछ्याउने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । स्थानीय मनिक लाल साहका ४३ वर्षीय छोरा सन्तोष साहको शुक्रबार बिहान मृत्यु भएको हो ।



इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार ट्रिपर सफा गरेर पानी ओछ्याउने क्रममा ट्रिपरको हाइटोली (ढाला) उठाउँदा पछाडिको भाग माथि रहेको विद्युत् तारमा छोइँदा अचानक सर्ट भई करेन्ट लागेको थियो । प्रहरीका अनुसार सर्ट भएपछि गाडीको केही भागमा आगलागीसमेत भएको थियो ।
करेन्ट लागेको थाहा पाएपछि चालक साहले हाम फाले पनि उनी गम्भीर घाइते भएका थिए । उनलाई तत्काल स्थानीय अस्पताल पु¥याइए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त ट्रिपरका साहु भिम कटुवाल रहेको र सन्तोष साह लामो समयदेखि चालकको रूपमा सोही टिपरमा कार्यरत रहेका थिए ।
घटनाबारे इलाका प्रहरी कार्यालय गोलबजारले अनुसन्धान गरिरहेको छ । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाइएको प्रहरीले जनाएको छ ।



