राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधिसभा निर्वाचन आचारसंहिताको पूर्ण पालन नभएको निष्कर्ष सार्वजनिक गरेको छ। आयोगका सहसचिव एवं प्रवक्ता त्ष्पब च्बm एयपजचभलिे जारी विज्ञप्तिमा भनेका छन् कि आयोगको निर्वाचनपूर्व अनुगमनले उम्मेदवारहरूबाट आचारसंहिताको पूर्ण पालन नभएको देखाएको छ।
आयोगका अनुसार निर्वाचनका क्रममा निम्न समस्या देखिएका छन्



र्याली तथा सभामा बालबालिकाको सहभागिता
पत्रकारमाथि धम्की र कुटपिट
भौतिक रूपमा चुनाव चिन्हको प्रयोग
अनुमति विना व्यक्तिका घरमा प्रचार सामग्री र झण्डा टाँग्नु
स्थानीय तथा प्रदेश सरकारका पदाधिकारीको निर्वाचन प्रचारमा सहभागिता
त्यसैगरी उम्मेदवारहरूले अनुमति विना बढी सवारीसाधन प्रयोग, मतदातामा अनुचित प्रभाव पार्ने प्रयास, दलका कार्यकर्ता र समर्थकद्वारा सामाजिक सञ्जालको दुरुपयोग, र सीमान्तकृत समुदायमा पर्याप्त मतदाता शिक्षा नपुग्नु जस्ता विषयहरू पनि आयोगले उल्लंघनको रूपमा उल्लेख गरेको छ।
मानव अधिकार आयोगले प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा ४२ जिल्लामा अनुगमन टोली खटाएर निर्वाचन तयारी, आचारसंहिताको पालनाको स्थिति र शान्तिसुरक्षासम्बन्धी अवस्थाको विस्तृत अनुगमन गरेको थियो। टोलीले प्रमुख निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायसँग छलफलसमेत गरेको थियो।
अनुगमनको निष्कर्ष अनुसार आयोगले सबै पक्षलाई निर्वाचन आचारसंहिताको पूर्ण पालन गर्न, धैर्यता र संयमता अपनाउन आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ कि सामाजिक सञ्जालको दुरुपयोग नगर्न, गालीगलौजजन्य सामग्री प्रकाशन नगर्न, शान्तिसुरक्षा सुनिश्चित गर्न र निर्वाचनलाई मानव अधिकारमैत्री बनाइ नागरिकको अधिकारको सम्मान गर्न सबै पक्षले जिम्मेवारी पूरा गर्नुपर्नेछ।



