काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा टिपरले ठक्कर दिँदा ज्यान गुमाउने व्यक्ति सरकारी कर्मचारी भएको खुलेको छ। प्रहरीका अनुसार मृतक ४८ वर्षीय बद्रि कोइराला हुन्। उनी सुनसरीको इनरुवा नगरपालिका–५ का स्थायी बासिन्दा भई हाल भक्तपुरको लोकन्थलीमा बसोबास गर्दै आएका थिए। उनी नायब सुब्बा पदमा कार्यरत कर्मचारी रहेको जानकारी दिइएको छ।

मंगलबार बिहान करिब ८:४५ बजे प्रदेश ३–००१ ब. ९४५ नम्बरको सरकारी स्कुटर चलाइरहेका कोइरालालाई बा. २ क ३२२९ नम्बरको फोहोर बोक्ने टिपरले सिभिल अस्पताल अगाडि ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि सिभिल अस्पताल पुर्‍याइए पनि बिहान ८:५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि टिपर चालक २६ वर्षीय विकाश थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी गोर्खाको भूमिचोक स्थायी घर भई हाल काठमाडौंको पेप्सीकोलामा बस्दै आएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय