नवलपरासी पूर्व — वर्षाका कारण दाउन्ने क्षेत्रको सडक चिप्लो र हिलो भएपछि सवारी आवागमन प्रभावित भएको छ। विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने उक्त सडकखण्डमा शुक्रबारदेखि नै यातायात सञ्चालनमा समस्या देखिएको हो। सडकको अवस्था बिग्रिएपछि दुवैतर्फ गरी करिब १०० भन्दा बढी सवारी साधन जाममा परेका छन्। हाल सो क्षेत्रमा एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन भइरहेको छ, जसले यात्रुलाई ढिलाइ र असुविधा निम्त्याएको छ।

यस्तै, नारायणघाट–बुटवल सडकखण्डमा रातिको समयमा ठूला मालवाहक सवारी साधन चलाउन अस्थायी रोक लगाइएको छ। बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म ती सवारीलाई निश्चित स्थानमा रोकिने व्यवस्था गरिएको छ भने यात्रुवाहक र आकस्मिक सेवाका सवारीलाई प्राथमिकता दिइएको छ। सडक विस्तार र मर्मत कार्य जारी रहेको दाउन्ने क्षेत्रमा वर्षा परेपछि सडक झन् चिप्लो हुने र सवारी अड्किने समस्या दोहोरिँदै आएको छ। यसैबीच, वैकल्पिक रूपमा प्रयोग हुँदै आएको अर्को मार्ग पनि अवरुद्ध भएपछि यात्रुहरू थप समस्यामा परेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय