काठमाडौं । चन्द्रागिरि कला समूहले ‘श्रष्टा सम्मान’ गर्ने भएको छ । चन्द्रागिरि नगरपालिका वडा नं. ७ मा रहेको संस्थाको ३०औं प्रस्तुतीको रुपमा सम्मान कार्यक्रम गर्न लागिएको हो ।



चन्द्रागिरि नगरपालिका वडा नं. ७ को सहकार्यमा हुन लागेको सम्मान कार्यक्रम भोलि अर्थात् २०८२ साल चैत्र १४ गते शनिबार दिउँसो १२ः०० बजे ग्रीनल्याण्ड ब्याङ्क्वेटमा हुनेछ । कार्यक्रममा सञ्चार, कला–साहित्य, संस्कृति, खेलकूद, कलाकार, समाज सेवाका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका विभिन्न श्रष्टाहरूलाई सम्मान गरिने आयोजकले जनाएको छ ।
वडा नं. ७ मा सञ्चारक्षेत्रमा रहेका ६ जना, कलाकार तथा चलचित्रकर्मी ११ जना, संगीतकर्मी ९ जना, समाजसेवी १५ जना, ९ जना खेलाडीलगायतलाई सम्मान गर्न लागेको संस्थाले जानकारी दिएको छ । कार्यक्रममार्फत स्रष्टाहरूको योगदानको कदर गर्दै उनीहरूलाई प्रोत्साहन गर्ने तथा स्थानीय स्तरमा कला–संस्कृतिको संरक्षण र प्रवद्र्धनमा टेवा पुग्ने आयोजकको विश्वास छ ।
चन्द्रागिरि कला समूहका अध्यक्ष श्याम कृष्ण मानन्धरको अध्यक्षता, वडा नं. ७ का वडासदस्य एवंम नगर कार्यपालिका सदस्य उमा कुमारी थापाको संयोजकत्वमा हुने कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख घनश्याम गिरी, विशिष्ट अतिथि उपप्रमुख बसन्ती श्रेष्ठ, वडा अध्यक्ष शम्भु कुमार केसीलगायतको उपस्थिति रहने आयोजकले जानकारी दिएको छ ।



