काठमाडौं । चन्द्रागिरि नगरपालिकाले सार्वजनिक बिदाका दिनहरूमा पनि सेवा प्रवाहलाई निरन्तरता दिने निर्णय गरेको छ । नगर कार्यपालिकाको कार्यालय, बलम्बु, काठमाडौंले एक सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्र दर्ता तथा विवरण संकलन कार्य प्रभावित नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको जनाएको छ ।

नगरपालिकाका अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेको दर्ता अभियानलाई प्रभावकारी बनाउन २०८३ वैशाख १ गतेदेखि चैत मसान्तसम्म पर्ने विभिन्न सार्वजनिक बिदाहरूमा समेत सेवा उपलब्ध गराउने जनाएको छ । यस अवधिमा गणतन्त्र दिवस, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, इन्द्र जात्रा, क्रिसमस डे, माघे संक्रान्ति, अन्तर्राष्ट्रिय महिला दिवस लगायतका सार्वजनिक बिदामा पनि सेवा खुला रहने जानकारी दिइएको छ ।
त्यसैगरी इद उल फित्र र इद उल अजहा जस्ता बिदाको मिति भने नेपाल सरकारको निर्णय अनुसार तय हुने जनाइएको छ ।

नगरपालिकाले नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने र राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिने उद्देश्यले यस्तो व्यवस्था गरिएको स्पष्ट पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय