काठमाडौं । सर्लाहीको बाँके–संग्रामपुर सडकअन्तर्गत सर्लाहीको हरिपुर्वा नगरपालिका–९, खीला गाउँनजिक बस र मोटरसाइकल जुध्दा एक युवकको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक महोत्तरीको गौशाला नगरपालिका–१२, कान्तिबजारका ३५ वर्षीय पप्पु भन्ने श्याम ठाकुरको मृत्यु भएको हो । बिहीबार बिहान सीमावर्ती गाउँ संग्रामपुरबाट पूर्व–पश्चिम राजमार्गको बाँके चोकतर्फ आउँदै गरेको ग.१ ख ९४६७ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको ना.४८ प ४७० नम्वरको मोटरसाइकल आपसमा ठोक्किँदा ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हेल्मेट नलगाएका ठाकुरलाई बससँग मोटरसाइकल जुध्दा टाउकोमा गहिरो चोट लागेको थियो । मृतक ठाकुरको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । प्रहरीले बस र बसधनीलाई नियन्त्रणमा लिएको छ । दुर्घटनापछि फरार रहेका बस चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय