काठमाडौं । सूचना तथा सञ्चार प्रविधि (ICT) र लोकसेवा तयारीका क्षेत्रमा अग्रणी संस्था आई. ग्लोब फाउण्डेशन प्रालिले आफ्नो स्थापनाको १० वर्ष सफलतापूर्वक पूरा गरी ११औँ वर्षमा प्रवेश गरेको छ । काठमाडौँको पुतलीसडकस्थित संस्थाको प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहका बीच वार्षिकोत्सव भव्य रूपमा मनाइएको हो ।

समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ई.सुवास चन्द्र गौतमले शून्यबाट सुरु भएको संस्थाले आज एक दशकको यात्रा गौरवपूर्ण रूपमा तय गरेको बताउनुभयो । सुरुमा कम्प्युटर अपरेटरको पुस्तक लेखन र आईसीटीको अभियानबाट सुरु भएको संस्थाबाट हालसम्म १५ हजारभन्दा बढी विद्यार्थी लाभान्वित भई सरकारी सेवाका विभिन्न ओहोदामा पुग्न सफल भएको गौतमले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रबन्ध निर्देशक (एमडी) प्रकाश गौतमले अबको दशक प्रविधि र गुणस्तरको हुने भन्दै संस्थाले प्रदान गर्ने कक्षा, मक टेस्ट, र सफ्टवेयर ट्रेनिङ जस्ता सुविधाहरूलाई नेपालका दूरदराजका ग्रामीण क्षेत्रसम्म पुरÞ्याउन ’एआई ट्रेनिङ’ र ’डिजिटल स्मार्ट क्लास’मा जोड दिने बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरणकी १०औँ तहकी अधिकृत तथा संस्थाकी प्रशिक्षक शोभा पौडेल भुषालले सिक्ने र सिकाउने क्रममा व्यवस्थापनले देखाएको सक्रियताको प्रशंसा गर्नुभयो । कार्यक्रममा प्रशिक्षकहरू उत्तम कार्की, हेमराज ओली, नानीराम सञ्जेल र हेमन्त ढुङ्गाना लगायतले आफ्ना अनुभव र धारणा राख्नुभएको थियो ।

आई. ग्लोबले हाल सिभिल र कम्प्युटर इन्जिनियरिङदेखि लिएर लोकसेवाको उच्च तह (सह–सचिव र उप–सचिव) सम्मका प्राविधिक तथा अप्राविधिक कक्षाहरू सञ्चालन गरिरहेको छ । साथै, संस्थाले सफ्टवेयर विकास र राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरको ’डाटा एनालिसिस’मा समेत आफ्नो दक्षता प्रस्तुत गर्दै आएको छ ।

वार्षिकोत्सवको अवसरमा संस्थाले प्रशिक्षक तथा कर्मचारीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय