काठमाडौं । ल्याव सोलुसन प्रालिले स्वास्थ्य तथा प्रयोगशाला सेवा क्षेत्रमा आधुनिक प्रविधि र गुणस्तरीय उपकरण आपूर्ति तथा सेवा विस्तार गर्दै आफ्नो गतिविधि थप सक्रिय बनाएको छ ।

कम्पनीले नेपालमा प्रयोगशाला व्यवस्थापन, उपकरण आपूर्ति, मर्मत तथा प्राविधिक परामर्श सेवामार्फत स्वास्थ्य संस्थाहरूलाई विश्वसनीय र प्रभावकारी समाधान प्रदान गर्दै आएको छ । पछिल्लो समय स्वास्थ्य क्षेत्रमा बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले सेवा दायरा विस्तार गर्ने योजना अघि सारेको छ । ल्याव सोलुसन प्रालिले अस्पताल, क्लिनिक, निजी तथा सरकारी प्रयोगशालाहरूका लागि आवश्यक अत्याधुनिक उपकरण र प्रविधि उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार, सही निदानका लिागि प्रयोगशाला उपकरणको गुणस्तर महत्वपूर्ण हुने भएकाले अन्तर्राष्ट्रिय मापदण्डअनुसारका उपकरण आपूर्तिमा विशेष ध्यान दिइएको छ । कम्पनीले प्रयोगशाला स्थापना, उपकरण सेटअप, तालिम तथा प्राविधिक सहयोगसमेत उपलब्ध गराउँदै स्वास्थ्य संस्थाहरूलाई दीर्घकालीन रूपमा सक्षम बनाउने लक्ष्य लिएको छ ।

कम्पनीले आगामी दिनमा देशका विभिन्न प्रदेशमा आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ । विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका स्वास्थ्य संस्थाहरूमा पनि गुणस्तरीय प्रयोगशाला सेवा पुर्याउने उद्देश्य रहेको बताइएको छ ।
ल्याव सोलुसन प्रालिका प्रतिनिधिहरूका अनुसार, स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न आधुनिक प्रविधिको पहुँच विस्तार गर्नु आवश्यक छ, जसका लागि कम्पनी निरन्तर काम गरिरहेको छ ।

नेपालमा स्वास्थ्य सेवाको माग बढ्दै गएको सन्दर्भमा ल्याव सोलुसन प्रालिले प्रयोगशाला क्षेत्रमा प्राविधिक दक्षता र गुणस्तरीय सेवा प्रवद्र्धन गर्दै महत्वपूर्ण भूमिका खेलिरहेको सरोकारवालाहरूको भनाइ छ । कम्पनीले निजी तथा सरकारी क्षेत्रसँग सहकार्य गर्दै स्वास्थ्य परीक्षणलाई छिटो, सही र विश्वसनीय बनाउन योगदान पुर्याइरहेको छ । ल्याव सोलुसन प्रालिको सेवा विस्तार र प्रविधिमैत्री दृष्टिकोणले नेपालमा प्रयोगशाला सेवा सुधारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । स्वास्थ्य क्षेत्रलाई आधुनिक बनाउन कम्पनीले थालेका प्रयासहरू दीर्घकालीन रूपमा उपयोगी हुने विश्वास सरोकारवालाहरूले व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय