काठमाडौं । काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ ।



समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो ।
जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।
गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्रीहरू तथा नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरूको समेत सहभागिता रहेको थियो । समारोहमा विभिन्न औपचारिक कार्यक्रमसहित गणतन्त्र दिवस भव्य रूपमा मनाइएको छ ।
कार्यक्रम हुनुपूर्व सुरक्षाकर्मीहरुसहित कलाकारहरुले कवाज तथा झाँकी प्रदर्शन गरेका थिए ।



