काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् ।

निमोनिया संक्रमण भएपछि उनलाई शनिबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिवालयले जनाएको छ । तीन दिनयता उनलाई रुघाखोकी र ज्वरो आएको र ‘रुघा र ज्वरोका साथै हल्का निमोनियाका कारण चिकित्सकहरुले अस्पताल भर्ना गरेर उपचार गरिरहेको सचिवालयले जानकारी दिएको छ ।

दाहालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताइएको छ । अस्वस्थताका कारण दाहाल शुक्रबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदा संघीय संसद बैठकमा सहभागी भएका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय