काठमाडौं । मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका र इरानबीच सम्झौता भएसँगै अमेरिकाले इरानमाथि लगाउँदै आएको सामुद्रिक नाकाबन्दी हटाएको छ ।

अमेरिकी सेन्ट्रल कमाण्डले राष्ट्रपतिको निर्देशन अनुसार नाकाबन्दी अन्त्य भएको भनिए पनि केही अमेरिकी जहाज भने त्यस क्षेत्रमै रहने जानकारी दिएको छ ।

सम्झौतापछि इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिँदै गत फेब्रुअरीमा अमेरिकी–इजरायली आक्रमणमा आफ्ना पिता आयतोल्लाह अली खामेनीको मृत्यु भएपछि सत्ता सम्हालेका मोज्तबाले राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘हतास भएर’ यो सम्झौता गरेको दाबी गरेका छन् ।

उनले आफ्नो फरक मत भएपनि इरानी जनताको अधिकार रक्षा गर्ने राष्ट्रपति मसुद पेजेस्कियानको आश्वासनपछि मात्र सम्झौता अघि बढ्न दिएको स्पष्ट पारेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत अब इरान समर्थित हिजबुल्लाह र इजरायलबीचको मोर्चासहित सबै क्षेत्रमा पूर्ण युद्धविराम हुने अपेक्षा व्यक्त गरेका छन् ।

यो सम्झौतामा १४ वटा मुख्य बुँदाहरू रहेका छन् । जसमा रणनीतिक रूपमा महत्वपूर्ण ‘हर्मुजको जलसन्धि’ पुनः खोल्ने, इरानले कहिल्यै आणविक हतियार नबनाउने र इरानको आर्थिक पुनर्निर्माणका लागि ३०० अर्ब डलरको कोष स्थापना गर्ने विषय समेटिएको छ । यो सम्झौता आगामी ६० दिनभित्र अन्तिम चरणमा पुग्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय