काठमाडौं । देशका विभिन्न जिल्लामा देखिएको बर्डफ्लु संक्रमणमध्ये सात जिल्लामा अवस्था पूर्ण रूपमा नियन्त्रणमा आएको छ । पशुसेवा विभागले हालसम्म फैलिएको संक्रमणमध्ये झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा रोग नियन्त्रणमा आइसकेको जनाएको छ ।

विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा संक्रमणको जोखिम अझै रहेकोले ती जिल्लामा निरन्तर निगरानी र नियन्त्रणका गतिविधि भइरहेको बताउनु भयो ।

संक्रमण फैलिएको स्थानमा विभागले प्राविधिक टोली परिचालन गरी संक्रमित पन्छी, अण्डा, दाना तथा पन्छीजन्य सामग्री सुरक्षित रूपमा नष्ट गरिएको छ । यससँगै रोग थप फैलिन नदिन आवश्यक जैविक सुरक्षा मापदण्डसमेत प्रभावकारी रूपमा लागू गरिएको विभागले जनाएको छ ।

बर्डफ्लुको संक्रमण नियन्त्रणमा राख्न पशु क्वारेन्टाइन कार्यालयहरूले सीमा नाका तथा अन्य संवेदनशील क्षेत्रमा निगरानी कडा बनाएको छ । सो क्रममा अवैध रूपमा ओसारपसार गरिएका पन्छीहरू नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।

केही जिल्लामा संक्रमणको अवस्था सुधारोन्मुख देखिएपछि पन्छी तथा पन्छीजन्य सामग्रीको ओसारपसारमा लगाइएको प्रतिबन्ध क्रमशः सहज बनाउने प्रक्रिया सुरु गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय