काठमाडौं । ournewscrew को कार्यक्रम Our Podcast का निर्माता तथा प्रस्तोता रत्नमणि पाठक (हरि) नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिबाट सम्मानित हुनुभएको छ ।



समितिको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा सम्मान कार्यक्रमका अवसरमा सञ्चार क्षेत्रमार्फत् व्यवसायीका गतिविधि, यातायात क्षेत्रका समसामयिक विषयलाई प्राथमिकताका साथ सम्प्रेषण गर्दै आएको योगदानको कदरस्वरूप पाठकलाई सम्मान गरिएको हो ।
प्रतिनिधिसभा सदस्य आशिष गजुरेल प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समितिका नवनिर्वाचित अध्यक्ष अमर श्रेष्ठले पाठकलाई सम्मानपत्र प्रदान गर्दै सञ्चार क्षेत्रले समाज र व्यवसायीबीच सूचना प्रवाह गर्ने प्रभावकारी माध्यमका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनु भयो । श्रेष्ठले निष्पक्ष र उत्तरदायी पत्रकारिताले व्यवसायीका समस्या, चुनौती र उपलब्धिलाई सम्बन्धित निकायसम्म पु¥याउन महत्वपूर्ण योगदान गर्ने उल्लेख गर्दै पत्रकार पाठकले पनि आफ्नो व्यावसायिक जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्दै आएको बताउनुभयो ।
सम्मान ग्रहणपछि पत्रकार रत्नमणी पाठक (हरि) ले प्राप्त सम्मानलाई आफ्नो व्यक्तिगत उपलब्धिभन्दा पनि जिम्मेवार पत्रकारिताप्रतिको विश्वास र सम्मानका रूपमा लिएको बताउनुभयो । उहाँले ournewscrew ले सत्य, तथ्य र जनचासोका विषयलाई निष्पक्ष ढंगले उजागर गर्दै समाज र नागरिकको हितमा केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बतास एम.ए.डब्लु कमर्सिएल भेहिकल प्रालिको मुख्य प्रायोजनमा भएको कार्यक्रममा नवनिर्वाचित पदाधिकारीलाई पदस्थापन गराउनुका साथै विभिन्न क्षेत्रबाट व्यवसायीको हित, सामाजिक उत्तरदायित्व तथा संस्थाको विकासमा योगदान पु¥याएका व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा यातायात व्यवसायी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।
पत्रकार पाठक नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिका वर्तमान प्रथम उपाध्यक्ष पनि हुनुहुन्छ ।



