काठमाडौं । पटक पटक सहमति भए पनि आफ्नो समस्या समाधान नभएपछि मधेशबाट सिंहदरबार हिँडेका मिटरब्याज पीडितहरू सर्लाहीको हरिवन आइपुगेका छन् । चार दिन अघि जनकपुरबाट पैदल मार्चमा हिँडेका उनीहरू झरी र गर्मी सहँदै हरिवनबाट अघि बढेका हुन् ।

गत चुनावमा रास्वपाले पहिलो चुनावी सभा गरेको तिरहुतियागाछीमा फर्जी तमसुक जलाएर अघि बढेका उनीहरू काठमाडौ आईपुग्ने अभियानमा छन् । बालेन्द्र (बालेन) शाहले प्रधानमन्त्री बन्नुअघि जनकपुरधाममा गरेको सम्बोधनमा मिटरब्याजबाट पीडित भएकाहरूको समस्या समाधान गर्ने बताए पनि सरकार गठन गरेको एक सय दिनसम्म आफूहरू बेवास्तामा परेको पीडितहरुको गुनासो छ ।

पैदल मार्चमा ४५ जिल्लाका ४ सय ५० जनाभन्दा बढी पीडित सहभागी छन् । साउन दोस्रो साता काठमाडौं आइपुग्ने योजनामा रहेका उनीहरूले मिटरब्याज पीडितको पक्षमा विशेष ऐन ल्याउनुपर्ने, पीडितहरूको सम्पत्ति फिर्ता गरिनुपर्नेलगायत माग राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय