काठमाडौं । सिन्धुलीको उद्योग तथा वाणिज्य कार्यालयलाई बागमती प्रदेश सरकारअन्तर्गत ‘नमुना कार्यालय’ का रूपमा शुभारम्भ गरिएको छ । बुधबार आयोजित कार्यक्रममा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले कार्यालयको औपचारिक उद्घाटन गर्नुभयो ।

कार्यक्रममा मन्त्री श्रेष्ठले नमुना कार्यालय अवधारणाले सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी, प्रविधिमैत्री र नागरिकमुखी बनाउन सहयोग गर्ने बताउनुभयो । उहाँले नागरिकलाई सहज, छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउनु प्रदेश सरकारको प्राथमिकता रहेको उल्लेख गर्नुभयो ।

प्रदेश सांसद शुष्पा भुजेलले सरकारी कर्मचारीसँगै नीति निर्माण गर्ने नेतृत्व पनि नमुना र नवीन सोचसहित अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले उद्योग तथा वाणिज्य कार्यालयले केवल तालिम र प्रमाणपत्र वितरण गर्ने नभई स्थानीय सीप, श्रम र उद्यमशीलतालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश सचिव जीवलाल भुसालले नमुना कार्यालय अवधारणाले सुशासन, उत्तरदायित्व र सेवाग्राही सन्तुष्टि बढाउने विश्वास व्यक्त गर्नुभयो । कार्यालय प्रमुख टेकेन्द्र बहादुर थापा मगरले सेवा प्रवाहलाई अझ व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय