काठमाडौं । फ्रान्सका स्टार फरवार्ड किलियन एमबाप्पेले फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्ता बन्दै लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ जितेका छन् ।

प्रतियोगिताभर उत्कृष्ट गोल प्रदर्शन गरेका एमबाप्पेले तेस्रो स्थानका लागि भएको खेलमा पनि दुई गोल थप्दै आफ्नो कुल गोल संख्या १० पुर्याएका थिए । यद्यपि उक्त खेलमा फ्रान्स इङ्गल्यान्डसँग ६–४ गोलअन्तरले पराजित भएको थियो ।

यता, फाइनलमा अर्जेन्टिना स्पेनसँग १–० ले पराजित भएपछि अर्जेन्टिनी कप्तान लियोनेल मेसी उपाधिसँगै व्यक्तिगत रूपमा गोल्डेन बुट जित्ने अवसरबाट वञ्चित हुन पुगे ।

प्रतियोगितामा मेसीले ८ गोल गरेका थिए भने नर्वेका अर्लिङ हालान्ड र इङ्गल्यान्डका जुड बेलिङ्घमले समान ७–७ गोल गरेका थिए ।
त्यस्तै, इङ्गल्यान्डका ह्यारी केन र फ्रान्सकै ओस्मान डेम्बेलेले समान ६–६ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा स्थान बनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय