काठमाडौं — विवाहित नेपाली महिलाका लागि लक्षित प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२६ को आवेदन खुला गरिएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक महिलाले खल्ती एप वा रिबन इन्टरटेन्मेन्टको वेबसाइटमार्फत आवेदन दिन सक्ने आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रतियोगिताको पहिलो अडिसन आगामी साउन २३ गते काठमाडौंमा आयोजना हुनेछ। विभिन्न चरण पार गर्दै छनोट हुने प्रतियोगीमध्ये उत्कृष्ट प्रतिस्पर्धीले मिसेस नेपाल वर्ल्ड २०२६ को उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।प्रतियोगिताको फाइनल कार्यक्रम कात्तिक १४ गते आयोजना गरिने भएको छ। उपाधि विजेताले आगामी वर्ष अमेरिकामा आयोजना हुने मिसेस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्।

यस प्रतियोगितामा सहभागी हुनका लागि उचाइ र तौलको कुनै निश्चित मापदण्ड नराखिएको आयोजकले स्पष्ट पारेको छ। विवाहित नेपाली महिलाहरूको आत्मविश्वास, व्यक्तित्व, क्षमता र सामाजिक योगदानलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय