काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको बताएका छन् ।
पुष्पलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले बिहीबार चम्पादेवीमा आयोजना गरेको ४८औं पुष्पलाल स्मृति दिवस कार्यक्रममा संयोजक दाहाले प्रतिक्रान्तिविरुद्ध नयाँ अभियान चलाउन संकल्पको रुपमा लिनुपर्ने समेत बताए । देशमा जुन प्रतिक्रान्तिको हावा चलिराखेको छ । जसले गणतन्त्रका उपलब्धिमाथि या कमरेड पुष्पलालको शिक्षा अनुसार भएका परिवर्तनमाथि हमला गरेको छ । त्यसका विरुद्ध फेरि एउटा नयाँ अभियान सञ्चालन गर्ने संकल्पको दिनको रुपमा रहेको संयोजक दाहालको भनाइ छ । वैचारिक र राजनीतिक रुपमा पुष्पलालले विचार निर्माणमा धेरै मेहेनत गरेको बताउँदै दाहालले सामन्तवाद र साम्राज्यवादको विरुद्ध वैचारिक हतियार निर्माणको निम्ति पुष्पलालको ठूलो योगदान रहेको स्मरण समेत गरे ।



नेकपाको आवश्यकता महसुस गरी वैचारिक राजनीतिक आधार खडा गर्नेे जिम्मा पुष्पलालले लिएको संयोजक दाहालले स्पष्ट पारेका छन् ।



