काठमाडौं । सिरहाको लहानस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले कर अधिकृत युवराज पाललाई सेवाग्राहीबाट घुस रकम बुझ्ने क्रममा नियन्त्रणमा लिएको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा एक निजी कम्पनीको पूर्ण कर परीक्षण (फुल ट्याक्स अडिट) सम्बन्धी प्रक्रिया मिलाइदिने भन्दै उनले सुरुमा १२ लाख रुपैयाँ घुस मागेका थिए । पछि रकम घटाएर ५ लाख रुपैयाँमा सहमति भएको बताइएको छ ।

आयोगले पालले घुस रकम अन्य व्यक्तिमार्फत बुझ्ने प्रयास गरेका थिए । तर त्यसो हुन नसकेपछि उनले आफ्नै कार्यालयमा सेवाग्राहीलाई बोलाएर रकम लिन तयार भएका थिए । पूर्वयोजनाअनुसार सेवाग्राहीले ५ लाख रुपैयाँ बुझाइरहेका बेला अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।

पक्राउपछि घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरिएको छ भने घटनाबारे थप अनुसन्धान अघि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय