काठमाडौं । धान रोपाइँको मुख्य समयमा रासायनिक मल नपाउँदा सीमापार भारतबाट मल ल्याउन गएका सर्लाहीका दुई किसान तीन साताभन्दा बढी समयदेखि भारतीय जेलमा छन् । आफ्नै खेतका लागि मल ल्याउने बाध्यताले उनीहरू कानुनी झमेलामा परेका हुन् ।
यता सरकारले भने सामाजिक सञ्जालमार्फत दैनिकजसो हजारौं टन मल नेपाल भित्रिरहेको र आपूर्ति तीव्र बनाइएको दाबी गरिरहेको छ । तर देशका धेरै जिल्लाका किसानले अझै पनि मल नपाएको वा अत्यन्त कम मात्रामा पाएको गुनासो गरिरहेका छन् ।



सरकारको तथ्यांकमा मल मौज्दात देखिए पनि किसानको खेतसम्म समयमै नपुग्दा सरकारी दाबी र किसानको वास्तविकताबीच ठूलो अन्तर देखिएको छ । मल अभावले किसान सीमापार धाउनुपर्ने र जेलसम्म पुग्नुपर्ने अवस्था सिर्जना हुनु कृषि व्यवस्थापनमाथिको गम्भीर प्रश्न बनेको छ ।



