काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका वडा नं. ३० का लेखा अधिकृत उद्धब भट्टराईलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

स्थायी लेखा नम्बर (पान) बन्द गर्नका लागि वडा कार्यालयबाट प्रदान गरिनुपर्ने सिफारिस पत्रका लागि सेवाग्राहीसँग दुःख हैरानी दिई घुस माग गरेको भन्ने सूचना र उजुरीका आधारमा आयोगको टंगालस्थित केन्द्रीय कार्यालयबाट खटिएको टोलीले भट्टराईलाई २१ हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार लेखा अधिकृत भट्टराईलाई सेवाग्राहीबाट २१ हजार रकम लिइसकेको अवस्थामा काठमाडौँ महानगरपालिका वडा नं. ३० को वडा कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको हो ।

रकमसहित नियन्त्रणमा लिइएका भट्टराईमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय