काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काठमाडौंतर्फ गुर्जुधारा नजिक रहेको प्रवेश नाकाको सडक संकेतका लागि निर्माण गरिएको संरचनामा राखिएको विगमार्टको विज्ञापन बोर्ड हटाइएको छ ।

OURNEWS ले २०८३ साल श्रावण ६ गते ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्गको प्रवेश नाकामा विगमार्टको छेडछाड, चन्द्रागिरि नगरपालिकालाई खुला चुनौती’ शीर्षकमा समाचार प्रकाशित गर्दै सार्वजनिक प्रयोजनका लागि बनाइएको संरचनामा निजी कम्पनीको व्यापारिक विज्ञापन राखिएको विषय उठाएको थियो ।

समाचारमा सम्बन्धित निकायको अनुमति बिना सार्वजनिक संरचनामा विज्ञापन राखिएको र विज्ञापनमा प्रयोग गरिएको ‘१७ वर्षदेखि नेपालभर र चन्द्रागिरि नगरपालिकाको विश्वास जित्दै’ भन्ने नाराबारे पनि प्रश्न उठाइएको थियो । उक्त नाराले स्थानीय सरकारको नामलाई व्यावसायिक प्रचारमा प्रयोग गरेको भन्दै समाचारमार्फत सार्वजनिक चासोको विषय बन्न पुगेको थियो ।

समाचार प्रकाशनपछि उक्त विषयले स्थानीय तहमा समेत चर्चा पाएको थियो । त्यसपछि विगमार्टले सुरुङमार्गको प्रवेश नाकामा राखिएको आफ्नो विज्ञापन बोर्ड हटाएको हो ।

सार्वजनिक संरचनाको प्रयोग कानुनी प्रक्रिया र सम्बन्धित निकायको स्वीकृतिअनुसार हुनुपर्ने सरोकारवालाहरूको धारणा रहँदै आएको छ । विगमार्टले विज्ञापन बोर्ड हटाएसँगै सार्वजनिक सम्पत्तिको प्रयोगमा नियमको पालना हुनुपर्ने विषय फेरि एकपटक चर्चामा आएको छ ।

OURNEWS ले सार्वजनिक सरोकारसँग जोडिएका विषयमा तथ्यमा आधारित र जिम्मेवार पत्रकारितालाई निरन्तरता दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय