चन्द्रागिरी हिल्स लिमिटेडले १ अर्ब ६१ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड ९सेबोन० समक्ष स्वीकृतिका लागि आवेदन दिएको छ। कम्पनीले हाल कायम चुक्तापुँजी बराबरकै १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको हो। सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६१ लाख ७ हजार ९५५ कित्ता हकप्रद सेयर जारी गर्नेछ। हकप्रद सेयर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मा ग्लोबल आइएमई क्यापिटललाई दिइएको छ।

कम्पनीले हकप्रद सेयरबाट प्राप्त हुने रकम बैंक ऋण भुक्तानीमा प्रयोग गर्ने योजना बनाएको छ। पूँजी संरचना मजबुत बनाउन र ऋण भार घटाउने उद्देश्यले हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ। आईएमई ग्रुपको नेतृत्व रहेको चन्द्रागिरी हिल्समा विभिन्न प्रतिष्ठित लगानीकर्ताको लगानी रहेको छ। कम्पनी नेप्सेमा सूचीकृत भएकाले पुँजी बजारमा यसको पहुँच र वित्तीय पारदर्शिता रहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय