काठमाडौं । दुई समुदायबीचको तनाव बढेपछि धनुषाको जनकपुरस्थित सहरी क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला सुरक्षा समितिको बैठकको निर्णय पछि प्रमुख जिल्ला प्रेम प्रसाद लुइँटेलले बिहीबार दिउँसो साढे ३ बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी गरेका हुन् ।

यसैगरी सिरहाको गोलबजार आसपासका क्षेत्रमा पनि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आन्दोलन तथा हुलदंगा भई शान्ति भंग हुन जाने देखिएपछि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार कर्फ्यु लगाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय